जेनजी आन्दोलनपछि एमाले सचिवालय बैठक पहिलो पटक च्यासलमा

केन्द्रभाग मिडिया

काठमाडौं।

जनेजी आन्दोलनपछि पहिलो पटक नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक बसेको हो ।

बैठकमा महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै विभिन्न राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्न पनि नेताहरुलाई जिम्मा दिने तयारी छ ।

  • ४ मंसिर २०८२, बिहीबार १४:३६ प्रकाशित