रास्वपाले बनायो उम्मेदवार छनोट समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिएको हो । उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा।चन्दा कार्की र राजन गौतम (चितवन)तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् ।

रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई थप गर्ने निर्णय गरेको छ ।

आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा समितिका संयोजक समेत हुन् ।

  • ४ मंसिर २०८२, बिहीबार १४:१४ प्रकाशित