सिमरा हिँडेका एमाले नेताहरू एयरपोर्टबाटै फर्किए

केन्द्रभाग मिडिया

काठमाडौं ।

बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फकिएका छन् । उक्त जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन बुधवार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थल पुगेका थिए ।

तर, उनीहरू सिमरा आउने खबर पाएर जेनजीहरुले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । जहाज नचलेपछि आफूहरू घर फर्किएको बस्नेतले बताए ।

  • ३ मंसिर २०८२, बुधबार १६:१२ प्रकाशित