आयोगमा दल दर्ता गर्नेको सूची १७ : नयाँ ६ दलले पाए प्रमाणपत्र, ३१ दल प्रक्रियामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेको सूची १७ पुगेको छ । आयोगले दल दर्ता आह्वान गरेको पहिलो दिन मङ्सिर १ गते १२ दलले दर्ता गराएका थिए ।

दोस्रो दिन हिजो जम्मा ५ दलले मात्र दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दल दर्ता गराउनेमा अधिकांश नयाँ पार्टी रहेका छन् । यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगमा जम्मा चार दलले दल दर्ता गराएको छ ।

दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।दल दर्ता प्रमाणपत्रका लागि निवेदन दिएका ३२ मध्ये अहिलेसम्म ६ दलले मात्र प्रमाणपत्र पाएका छन् ।

प्रमाणपत्र पाउनेमा श्रम सांस्कृतिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी र नेपाल कम्युनिस्ट पार्टी९माओवादी० रहेको छ । बाँकी ३१ दल दर्ता प्रक्रियामै रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । आयोगमा यसअघि नै दर्ता भएका १२४ मध्ये ७ दल खारेज हुँदा १२३ दल सूचीकृत भएको छ ।

  • ३ मंसिर २०८२, बुधबार ११:३६ प्रकाशित