काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बदलिएको परिस्थितिमा निर्णायक आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापना गरिने बताएका छन् ।
मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले प्रतिगमनका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका हुन् ।
‘प्रतिगामी क्रियाकलापका विरुद्धमा हामी सङ्गठित रूपमा जनतामा जाने, सङ्गठित गर्ने र निर्णायक आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापित गर्ने निर्णय गरिसकेका छौ’, पौडेलले भने,‘कि हामी प्रतिगमको विरुद्ध प्रतिनिधि सभा पुनर्स्थापना अहिलेको आवश्यकता हो ।’
त्यसका लागि एमाले, अरू राजनीतिक दल र आम जनसमुदायलाई पनि त्यसमा सहभागी गराउँदै खरो रूपमा उत्रनुपर्ने पौडेलको भनाइ छ । उनले जनताको सङ्गठित बलबाट मात्र त्यो लक्ष्य पुरा गर्न सकिने बताए ।















