राष्ट्रियसभा सचिवमा कँडेल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सचिव कँडेलको शपथ ग्रहणको तयारी आफूहरूले गरिरहेको जानकारी दिए ।कँडेललाई राष्ट्रियसभा अध्यक्ष दाहालले अपराह्न ४ बजे सङ्घीय संसद् सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

काभ्रेका बासिन्दा कँडेल पेशाले कानुन व्यवसायी हुन् ।

  • २ मंसिर २०८२, मंगलवार १५:१९ प्रकाशित