मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार मधेसका सभामुख मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो ।सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

  • १ मंसिर २०८२, सोमबार १५:०३ प्रकाशित