काठमाडौं ।
मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा भइरहेको छ ।
मधेस प्रदेशसभा सचिवालयले लगातार १० वटा बैठकमा हाजिर नभएको भन्दै बर्खास्त गरेपछि सो निर्णयविरुद्ध ५ जना प्रदेशसभा सदस्य रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
मधेस प्रदेशका सभामुखले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टी एक गरी ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादवका साथै सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवारलाई सभामुख मण्डलले गत बिहीबार पदमुक्त गरेका हुन् ।
निवेदकहरूले मधेस प्रदेशसभाको सचिवालय, मधेस प्रदेशका सचिव र मधेस प्रदेशसभाका सभामुखलाई प्रतिवादी बनाएर रिट निवेदन दिएका छन् ।














