२८ पार्टीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

२८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् ।

निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन् ।

यसबाहेक अहिलेसम्म ७ वटा दलले दर्ताको प्रमाणपत्र पाएको आयोगले जनाएको छ । सात वटा राजनीतिक दल खारेज भएको आयोगले जानकारी दिएको छ ।

  • ३० कार्तिक २०८२, आईतवार १६:३९ प्रकाशित