वर्तमान सरकार असंवैधानिक छ, निर्वाचन गराउने हक छैन : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् । उनले एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे। यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरू फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । अहिलेको सरकारसँग निर्वाचन गराउने के(को हक छ रु उनको प्रश्न छ ।

अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताए ।

  • ३० कार्तिक २०८२, आईतवार १६:१७ प्रकाशित