काठमाडौं ।
आज (आइतबार) सुनको मूल्यमा व्यापक मात्रामा गिरावट आएको छ । आज एकैदिन तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यसअघि गत बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो भने शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेर दुई लाख ४९ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य तीन दिनमै तोलामा सात हजार चारसय रुपैयाँ घटेको हो ।
आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार एकसय ३५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तोलाको तीन हजार दुईसय ८५ रुपैयाँमा कारोबार भएको थियो ।















