बढ्यो पेट्रोलियम पदार्थको भाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमका अनुसार, पेट्रोलमा २ र डिजेल/मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाइएको हो । बढेको भाउ आजै मध्यरातको १२ बजेबाट लागू हुने छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

  • २९ कार्तिक २०८२, शनिबार २०:३२ प्रकाशित