नेपाली कम्युनिस्ट पार्टीले प्राप्त गर्यो दल दर्ताको प्रमाणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीले  दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ ।

विभिन्न १० वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट २० कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

  • २८ कार्तिक २०८२, शुक्रबार १९:५५ प्रकाशित