निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।

आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ । आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरेले कार्य गर्दै आएका छन ।

विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्व दिने आयोगको अभ्यास रहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ । रासस

  • २८ कार्तिक २०८२, शुक्रबार १६:५२ प्रकाशित