प्रधानमन्त्रीद्धारा मतदाता नामावली संकलनको म्याद पाँच दिन थप गर्न आग्रह, आयोग सकारात्मक

केन्द्रभाग मिडिया

काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलन प्रक्रियामा म्याद थप गर्न आग्रह गर्नुभएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेको हो । यसबारे आयोग सकारात्मक रहेको र पाँच दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि प्रधानमन्त्री कार्यालयले बताएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छिन् र त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए ।

  • २८ कार्तिक २०८२, शुक्रबार १६:४४ प्रकाशित