काठमाडौं ।
हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो ।
नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्ने नियम लागू गरिएको थियो ।















