काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।
अब दुई मन्त्रीले बुझाउन बाँकी रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमको बाँकी रहेको छ ।यसअघि ७ मन्त्रीले सम्पति विवरण बुझाइसकेका छन् ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना हुँदै आएको छ ।















