यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।

विभागको मीनभवनस्थित डेटा सेन्टरमा उत्पन्न प्राविधिक समस्याका कारण इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स प्रणाली तथा  applydlnew.dotm.gov.np  मार्फत प्रदान गरिने सेवा आजदेखि पूर्ण रूपमा बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ।

विभागका अनुसार कार्तिक १६ गतेदेखि आंशिक रूपमा सञ्चालनमा रहेको थियो । अब समस्या समाधान नभएसम्म सेवा पुनःसञ्चालन नहुने विभागको भनाइ छ। सेवा अवरुद्ध रहेकाले अनलाइन ड्राइभिङ लाइसेन्स आवेदन, नवीकरण तथा अन्य डिजिटल सेवाहरू तत्कालका लागि सञ्चालनमा आउन नसक्ने विभागले जनाएको छ।

  • २८ कार्तिक २०८२, शुक्रबार १४:२७ प्रकाशित