अमेरिकी र अस्ट्रेलियनसहित धेरैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ २४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४६३रुपैयाँ ४७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ११ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा थियो ।

  • २८ कार्तिक २०८२, शुक्रबार ०७:३८ प्रकाशित