जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये १७ प्रहरी बिट सञ्चालनमा आउन बाँकी

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये १७ प्रहरी बिट सञ्चालनमा आउन बाँकी रहेको बताएका छन् । क्षति भएका मध्य ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको गृहमन्त्री अर्यालले बताए ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताए ।

  • २७ कार्तिक २०८२, बिहीबार १४:५५ प्रकाशित