निर्वाचन आयोग र राजनीतिक दलहरूबिच छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबिच छलफल जारी छ । आसन्न निर्वाचन र आचारसंहिताबारे दलहरूसँग आयोगले छलफल गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको तयारी र दलहरूको अपेक्षाका सम्बन्धमा पनि हुने बताएका छन् ।

यसअघि बुधबार आयोगले निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको थियो ।

  • २७ कार्तिक २०८२, बिहीबार १३:११ प्रकाशित