नेप्से २०.५६ अंकले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।

कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो ।

४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो ।

  • २६ कार्तिक २०८२, बुधबार १५:२२ प्रकाशित