पोखरा ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनको क्रममा सार्वजनिक संरचनामा विध्वंश मच्चाउने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विक्रम भनिने अभिमन्यु पाण्डे रहेका प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा उनले राष्ट्रिय झण्डा ओडेर नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाको घरमा रै व्यवसायमा आगजनी साथै पृथ्वी चोकस्थित लखन थापाको शालिक फुटाउने कार्यमा संलग्न रहेका थिए ।
यसभन्दाअघि उनी पोखराको पामेस्थित संघर्षशील सहकारीको रकम अपचलन पक्राउ परेर धरौटीमा छुटेका थिए । उनी उक्त सहकारीका अध्यक्षसमेत रहेका कास्की प्रहरी प्रवक्ता प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
पाण्डेलाई अपराधिक उपद्र्वमा मुद्दा चलाउने गरी म्याद थप गर्न लागिएको उनले बताए । ।














