काठमाडौं ।
नेपाल प्रहरीकोको महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
कार्कीले २७ कात्तिकदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् । २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख थिए । २४ भदौमाा उनले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जान लागेका हुन् । नवनियुक्त महानिरीक्षक कार्की १५ वैशाख २०८२ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । त्यसको ६ महिनापछि उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।















