मधेश प्रदेश सरकार गठन विरुद्ध सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौं ।

मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन् । ‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन् ।

उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक र संविधान रक्षाको निर्णय गर्नेमा आफूहरू आशावादी रहेको समेत बताए ।

  • २४ कार्तिक २०८२, सोमबार १६:५२ प्रकाशित