रामकुमारी र किसान श्रेष्ठ एमालेमा फर्के

केन्द्रभाग मिडिया

काठमाडौं ।

चार वर्ष अघि नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा लागेका युवा नेत्री रामकुमारी झाँक्री र विघठित प्रतिनिधिसभा सदस्य रहेका कृष्णकुमार श्रेष्ठ (किसान) लगयातका नेताहरु एमालेमै फर्किएका छन् ।

गत १९ कात्तिकमा एकीकृत समाजवादी माओवादीलगायतका पार्टीबिच एकीकृत भएको थियो । त्यसमा विमति राखेर एकतामा नगएका झाँक्री र श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्केका हुन् ।

सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गतको कार्यक्रममा एमाले प्रवेश गरेका नेताहरुलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरे । प्रवेश गरेका नेताहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरे ।

सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायत एमालेमा फर्केका हुन् ।

  • २४ कार्तिक २०८२, सोमबार १६:२९ प्रकाशित