पोखरा ।
गण्डकी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने सभमुख कृष्ण धितालले जानकारी दिए । बैठकमा प्रदेश सरकारले गाँजा खेती सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि बैठक स्थगित भएको थियो । यसअघि २२ असोजका लागि सभामुखले बैठक बोलाए पनि सांसदहरूको सुरक्षाको सम्बेदनशीलता महसुस गरेर स्थगित गरिएको थियो ।
संसद् सचिवालयका अनुसार बैठकका लागि आवश्यक सामग्री र उपकरणहरू भाडामा ल्याएर तयारी गरिएको छ । १६ भदौमा अन्तिम पटक बैठक बसेको नदीपुर स्थित प्रदेशसभा भवन २४ भदौको तोडफोड र आगजनीका कारण खण्डहर बनेको छ ।















