पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, कुवेती दिनारसहित केही मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा थियो ।














