काठमाडौं।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए ।
उनले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु विडम्बना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ ।
उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए ।














