पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा थियो ।
यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५९ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९० पैसा थियो ।














