लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ ।

क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको दुई वर्षीय छोरी नेरिमा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, ‘सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।’

प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

  • २१ कार्तिक २०८२, शुक्रबार १६:४६ प्रकाशित