चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्व आयात गर्न सकिन्नँ : रास्वपा

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ ।

कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक(पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको रूपमा त्यस्ता व्यक्ति ल्याउन नसकिने धारणा रास्वपाले ल्याएको हो ।

पार्टीको चितवनको सौराहामा जारी विस्तारित वैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै रास्वपाका सभापति रवि लामिछानेकै नेतृत्वको निरन्तरताको वकालत गरेका हुन् ।

‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिरव्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन ।’

उनले अहिलेको नेतृत्वलाई विस्थापित नभइ स्थापित गरेर जानुपर्ने उल्लेख गरेका छन् ।

रास्वपाका धेरै नेताहरूले वैकल्पिक शक्तिको रूपमा उदाइरहेका समूह र व्यक्तिहरूलाई पार्टीमा जोड्नका लागि अनौपचारिक छलफल गरिरहेको थियो । त्यसक्रममा घिसिङ लगायतसँग रास्वपाले छलफल गरेको थियो । तर घिसिङ लगायतका व्यक्तिहरूले पार्टीको नेतृत्व नै दाबी गरेको भन्ने चर्चा भइरहेका बेला रास्वपाभित्र यसलाई स्वीकार्न नसक्ने भन्ने औपचारिक राजनीतिक प्रतिवेदन नै तयार भएको हो ।

  • २१ कार्तिक २०८२, शुक्रबार १४:२५ प्रकाशित