काठमाडौं ।
हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल हङकङसंग पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो ।
११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो । कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा नेपालले २ विकेट गुमाएर ९५ रन मात्रै जोड्न सक्यो । लोकेश बमले १० तथा रसिद खान र मोहम्मद आदिल आलमले ११–११ रन जोडेका थिए ।
हङकङमा जारी हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले ४३ रन बनाए । त्यस्तं करिम जनतले ३५ रन जोड । साफीले ३० र कप्तान गुलबदिन नइबले २० रनको योगदान गरे। बलिङतर्फ नेपालका रसिद खानले चार विकेट लिए । उनले चौथो ओभरमा ह्याट्रिकसमेत गरे । खेलमा लोकेश बमले एक विकेट लिए ।
नेपाली टोलीमा कप्तान सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रशिद खान र रुपेशकुमार सिंह छन्।
यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा अफगानिस्तान र दक्षिण अफ्रिका छन् । शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई छन् । समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन् ।
नेपालले दोस्रो खेल दक्षिण अफ्रिकासँग ८ नोभेम्बरमा खेल्नेछ ।















