काठमाडौं ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल बिच भेटवार्ता जारी छ । विप्लवलाई भेटन् शर्मा र भुसाल हरिसिद्धी पुगेका पुगेका हुन् ।
विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा तीन नेताबिच यतिवेला छलफल चलिरहेको बताइएको छ ।
शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।















