मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबाट २ आन्तरिक पर्यटकको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ भेरोल इलाकाबाट २ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ ।

नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत बिहीबार उनीहरूलाई सकुशल उद्धार गरेको हो ।उनीहरूलाई जोमसोमस्थित पुथाङ विमानस्थलमा पुर्‍याएर आफन्तको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ ।

पर्वतको जलजला गाउँपालिका-३ घर भएका दुई जना पुरुष व्यक्तिहरूलाई मुस्ताङ प्रशासनको समन्वयमा उद्धार गरिएको सेनाको भनाइ छ ।उनीहरू डोल्पाको भ्रमण पश्चात मुस्ताङ तर्फ फर्कँदै गर्दा छार्का ताङसोङ गाउँपालिका-१ मुलुङ भन्ने स्थानबाट १६ कात्तिकबाट सम्पर्कविहीन भएका थिए ।

  • २० कार्तिक २०८२, बिहीबार १६:२५ प्रकाशित