काठमाडौं ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।
अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो ।















