गृहमन्त्रीद्धारा पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको निरीक्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरिक्षण गरेका छन् ।बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको घर निरिक्षण गर्दै क्षतिको विवरण लिएका छन् ।

निरीक्षणपछि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरेका थिए । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका बारेमा चासो व्यक्त गरेकी थिइन् ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरिक्षण गरेका थिए । उनले पूर्वराष्ट्रपति डा रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

  • २० कार्तिक २०८२, बिहीबार १५:३६ प्रकाशित