सर्वपक्षीय सरकार गठनको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।

भृकुटीमण्डप पुगेर प्रदर्शन र्‍यालीमा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा समेत सार्वजनिक गरिने नेकपाले बताएको छ ।

  • २० कार्तिक २०८२, बिहीबार १५:०१ प्रकाशित