तीन प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।

 

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।

 

 

  • २० कार्तिक २०८२, बिहीबार ०८:११ प्रकाशित