पोखरामा चोरीका तीन स्कुटर सहित ५ जना पक्राउ

केन्द्रभाग मिडिया

 पोखरामा चोरीका तीन वटा स्कुटर सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ३३ बस्ने वर्ष २१ का शेर बहादुर पुन मगर, वडा नं ५ बस्ने वर्ष २५ को अजय नेपाली, वडा नं।१० बस्ने वर्ष २१ को सुशिल गुरुङ, वडा नं ११ बस्ने वर्ष २० का सुदिप परियार, वडा नं  १३ काँहुँखोला बस्ने वर्ष २७ का रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चोरी भएका ग ९ प ८७६१ नं को स्कुटर र ग १५ प ५२३७ नं को स्कुटर सहित ४ जनालाई र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटीएको प्रहरी टोलिले ग ४ प ७६८४ नं को चोरी भएको स्कुटर सहित १ जना  नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको बताएको छ ।

  • १९ कार्तिक २०८२, बुधबार १७:२७ प्रकाशित