नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा : संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् ।

  • १९ कार्तिक २०८२, बुधबार १६:३१ प्रकाशित