काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने ।
यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए ।‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने ।
कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरे । खनालले आफूले कहिले पनि पार्टी फुटोस् भन्ने नचाहेको बताएका छन् ।खनालले पार्टीभित्र केही केही कुरा पसेका कराणले पार्टी फुटेको जिकिर गरे ।
‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं,’ खनालले भने, ‘तर पार्टीभित्र केही केही कुरा पसे । त्यसले पार्टी फुटेको छ । जे पसेको छ । त्यसलाई निकालेर फ्याँक्नुपर्यो ।















