काठमाडौं ।
चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
७१ वर्षीया उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । उनको नियमित रूपमा डायलासिस हुँदै आएको थियो ।पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।















