आइसिसी लिग-२ मा आज नेपाल र युएई भिड्दै, सान्त्वना जितको खोजीमा नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली युएईसँग भिड्दै छ । दुबईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ । जारी सिरिजमा जितविहीन रहेको नेपाल आज सान्त्वना जित निकाल्दै दुई अंक थपेर सुखद अन्त्यको खोजीमा छ ।

आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो । यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो ।

पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो । दोस्रो खेल युएईसँग ५ विकेटले पराजित हुँदा तेस्रो खेल पुनः अमेरिकासँगै ४ विकेटले पराजित भएको थियो ।

लिगको अंक तालिकामा युएई पुछारमा छ। नेपाल १२ अंकसहित सातौं स्थानमा छ ।

  • १९ कार्तिक २०८२, बुधबार ०८:५१ प्रकाशित