काठमाडौं ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने दाबी गरेका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको दाबी गर्दै जनता कसको पक्षमा छन् भन्ने देखाउने बताए ।
‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने, ‘मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ ।’
उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौँ–जनता कसको साथमा छन् रु जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, पोखरेलको भनाइ छ ।















