कांग्रेस नेता खतिवडालाई पितृ शोक

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए । उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा नेता खतिवडाले जानकारी दिए ।

स्व।खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए । स्व।खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी रहेका छन् ।

  • १७ कार्तिक २०८२, सोमबार १४:०० प्रकाशित