जेनजी प्रदर्शनमा प्रहरीको बन्दूक लुट्ने युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दूकको बट र नाल बरामद गरिएको हो ।

काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । गोकर्णेश्वर–३ मा बस्दै आएका लामाले उक्त बन्दूक राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका छोपेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

  • १६ कार्तिक २०८२, आईतवार १६:२६ प्रकाशित