काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३०.७५ अङ्कले बढेको हो ।
यो सँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ । बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले बढी हो । गत विहीबार ७ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
बजारमा आज १९८ कम्पनीको मूल्य बढेको छ । ५० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
ट्रेडिङ सेक्टर बाहेक बजारका सबै समूहको सूचक बढेको छ ।















