काठमाडौं ।
आज (आइतबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ सय रुपैयाँले भाउ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।















