देशभर मौसम सक्रिय : सावधानी अपनाउन आग्रह

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौं ।

देशभर मौसम सक्रिय भएसँगै निरन्तर वर्षा भइरहेको छ । यसै सन्दर्भमा मुग्लिन–नारायणगढ सडक खण्डमा हालसम्म कुनै पनि अवरोध नभएको सडक डिभिजन भरतपुरले जानकारी गराएको छ ।

सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार भारी वर्षाका बाबजुद पनि सडक सुचारु रहेको र यातायात सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

यद्यपि वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।सडक डिभिजन भरतपुरले सम्पूर्ण यात्रुहरूलाई सडकको अवस्था बुझेर, लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न हार्दिक अनुरोध गरेको छ ।

सडक डिभिजन भरतपुरले भनेको छ,‘मौसम सक्रिय भएसँगै निरन्तर रूपमा वर्षा भइरहेको छ । मुग्लिन नारायणगढ सडक खण्डमा हालसम्म कुनै पनि अवरोध नभएको जानकारी गराउँछौँ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ ।’

  • १३ कार्तिक २०८२, बिहीबार १५:३५ प्रकाशित